२०८३ वैशाख ८ , मंगलबार

‘सिमकोट गाउँपालिकाको नीति तथा कार्यक्रम प्रभावकारी छैन’



हुम्ला ।सिमकोट गाउँपालिकाले सोचेजस्तो नीति तथा कार्यक्रम नल्याएको गाउँपालिकाका प्रवक्ता एवम् सिमकोट वडा नं ६ का वडाध्यक्ष नन्द रावतले बताएका छन् । सिमकोट गाउँपालिकाको सातौं गाउँसभामा स्वागत मन्त्तव्य राख्दै उनले विज्ञ व्यक्तिहरुको सल्लाह सुझाव बिना नै गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको बताए ।

त्यस्तै उनले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम खासै प्रभावकारी नभएको पनि बताए । गाउँपालिका नेपालको संविधान विपरीत नीति तथा कार्यक्रम ल्याएकाले जनताका लागि प्रभावकारी नहुने उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिबार