
काठमाडौं । कलाकार प्रकाश सपुतमाथि रोमानियाको एक कन्सर्टमा बोत्तल प्रहार भएको छ । रोमानियामा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल-२’ मा आइतवार गीत गाइरहेका बेला उनीमाथि दर्शक दीर्घाबाट अज्ञात व्यक्तिले बोत्तल प्रहार गरेका हुन् ।
उनलाई बोत्तल प्रहार गरिएको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा उनीमाथि बोत्तल प्रहार गरेको देखिन्छ । जुन उनको मुखमा लागेको छ । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए ।
प्रकाशित मिति : २०८० असार ११ गते सोमबार