२०८३ वैशाख ८ , मंगलबार

मन्त्री किराँतीको परफर्मेन्स देखेर डकुमेन्ट मिलाएर खाएको समूह आत्तिएको छ !



काठमाडौँ । हाल राजनीति बजेट, प्रधानमन्त्रीको भारत भ्रमण र सर्वोच्च अदालत वरिपरि केन्द्रित रहेको छ । संसदमा बजेट सम्बन्धी छलफल चलिरहेको छ भने प्रधानमन्त्रीको भारत भ्रमणमा पनि आम रूपमा टिका टिप्पणी भइरहेको छ ।

उता सर्वोच्च अदालतले प्रचण्ड बाबुरामलाई प्रतिवादी बनाइएको बाल सैन्य मुद्दा पनि दर्ता गराएको छ । प्रस्तुत छ स्वतन्त्र रूपमा विश्लेषण तथा विचार राख्नु हुने अध्येता हिरा सेतीसँग गरिएको कुराकानी ।

वर्तमान राजनीतिक परिवेशलाई कसरी हेरी राख्नु भएको छ ?

राजनीति अहिले चर्को-चर्को देखिन्न, ठिक ठाउँमै देखिन्छ, संसदमा नियमित बजेट बहस भइरहेकै छ भने, प्रतिपक्षी पनि अराजक छैन । सर्वोच्चले फैसला दिए पछि अलि राजनीति तातिएला । देशमा देखा परेको नयाँ दल रास्वपाले चाहिँ सङ्गठन विस्तारमा आफूलाई केन्द्रित गरेको देखिन्छ ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी हेर्नु हुन्छ ?

कुनै दुई देश बिच औपचारिक भ्रमण हुन्छ भने त्यो त्यसै सफल हो, दुई देशको प्रम भेट हुनु नै सफल हो बाँकी कुरा तपसिल हुन । हामी कहाँ कस्तो भयो भने कति मागेर ल्याउँछ, को एयरपोर्टमा आउँछ भन्ने कुरालाई हेर्ने भयो ।

प्रतिपक्षी पनि कसरी हुन्छ विदेशी भूमिमा प्रधानमन्त्रीलाई नङ्ग्याउन सकिन्छ कस्सिएर लागेको देखियो । प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको छ, दीर्घकालीन सम्झौताहरू भएका छन् । मुर्रा राँगा नेपाल ल्याउनु महत्त्वपूर्ण कुरा हो, जुन पछि परिणाम आएपछि वाह वाही हुनेछ ।

स्थायित्व दिने भनेको सरकारले फेरी मन्त्रीहरू परिवर्तन गर्ने कुरा सुनिएको छ रु के छ तपाईँको धारणा ?

उसो त गठबन्धन सरकारको केही बाध्यताहरू हुन्छन् । परफरमेन्सको आधारमा प्रधानमन्त्रीले मन्त्रीहरू फेरबदल गर्न पाउने मिल्ने कुरा नै हो । तर जहाँ सम्म सुदन किराँती समेतको मन्त्री पद जाने भन्ने समाचार आएको छ त्यो त्यति विश्वासिलो छैन किनभने सार्वजनिक रूपमा यो सरकारमा राम्रो काम गरिरहेको भनेको सुदन किराँती र नारायणकाजी श्रेष्ठ नै हो ।

तर मन्त्रिपरिषद्मा सधैँ प्रधानमन्त्रीसँग सहमत मात्र हुन्छ मन्त्रीको भन्ने हुन्न । असहमति पनि हुन सक्छ । साना साना अपरेसनल कामहरूमा प्रधानमन्त्री र मन्त्रीको केही राय फरक हुन सक्छ । बरु मलाई के लाग्छ भने मन्त्री सुदन किराँतीको कामबाट सुदन किराँतीको परफर्मेन्स देखेर वर्षौँ देखि माथि माथि बाट डकुमेन्ट मिलाएर लुट्दै खादै आएको समूह आत्तिएको छ ।

लोभ देखाएर पनि भएन , दबाब दिएर पनि भएन भनेपछि एउटा समूह सुदन किराँतीलाई बदनाम गराउन लागेको छ भन्ने लाग्छ । अफवाहहरू प्रचण्डका सामु पनि पुगेका हुन सक्छन् तर प्रचण्ड त्यसरी अफवाह बाट प्रभावित बन्ने मान्छे होइन , हरेक व्यक्तिलाई उहाँ पर्सनल ली सोझै कुराकानी गर्नु हुन्छ , आफै मूल्याङ्कन गर्नु हुन्छ ।

कुन-कुन समूहले सुदन किराँतीलाई बदनाम गराउन खोजेको छ ?

पहिलो त पर्यटन सेक्टरमा पुरानो सञ्जाल छ , त्यहाँ भित्र पनि पर्यटनको ब्यानर झुन्डाउने तर टाकनटुकुन मिलाएर सरकारी पैसा खाने समूह छ , सरकारले नै खर्च हुन बाँकी रहेको बजेट खिचेको , नयाँ कार्यक्रममा नगर भनेको , भत्ता इत्यादि काटेकोले पर्यटन , संस्कृति मन्त्रालयमा पनि त्यो रोकियो, एउटा त्यो समूह सुदन किराँतीले नै रोकेको हो भन्ने भ्रममा बदनाम गराउन लागेको छ ।

अर्को चाहिँ पुरानो सरकार बाट नियुक्ति खाएका असक्षमहरूलाई मन्त्री किराँतीले स्पष्टीकरण सोधेपछि आत्तिएका छन् । काम नगर्नेहरूलाई मन्त्री किराँतीले काम गर या छोड भनेपछि काम गर्नुको साटो मन्त्री फाल्न उनीहरू हिँडेका छन् । अर्को एउटा समूह चाहिँ मन्त्रालयमा अनावश्यक ठुला ठुला ठेक्का प्रोजेक्ट सिर्जना गर्ने र कमिसन खाने समूह हो ।

त्यो पनि नहुने भए पछि प्रभावशाली मिडिया प्रयोग गरेरै मन्त्री किराँतीको विरुद्ध लागेका छन् । अझै अर्को चाहिँ मन्त्री किराँती जनजाति हुनुहुन्छ । यो समाजमा एउटा किराँतीले राम्रो गर्दा भाग खोसिएको ठान्ने अर्को समूह पनि त छ , यसलाई मिलाएर बुझौँ न ।

नेकपा एसले सरकार छोड्ने कुरा गरिरहेको छ रु यसले कतै सरकारको आयु छोट्टाउने त होइन ?

हालको बजेटलाई लिएर नेकपा एस असन्तुष्ट रहेको थाहा पाइयो । उसका के कति कुरा थिए परे परेनन् । स्रोत कम भएकोले धेरै विकासका कुरा यसपालि परेनन् नै । पैसा नभएको बेला मन्त्री सुदन किराँतीले जस्तो शुद्धीकरणका कामहरू गर्नु पर्छ ।

आन्तरिक शुद्धीकरण गर्न त पैसा लाग्दैन । नेकपा एसको त्यति मात्रै असन्तुष्टिले सरकार ढलमल हुँदैन । मन्त्री सुदन किराँतीलाई स्वतन्त्र रूपले काम गर्न दिने हो भने नेकपा यसले छोडे पनि के फरक पर्छ र रु

(हिरा सेती सामाजिक न्याय र सामाजिक परिवर्तनका मुद्दाहरूमा लेख्छन् बोल्छन् ।)

प्रकाशित मिति : २०८० असार १३ गते बुधबार