बर्दिया । बर्दियामा पहिचान नखुलेको एक जनाको शव फेला परेको छ । राजापुर नगरपालिका १० लालपुरस्थित कर्णाली नदीको किनारमा निलो रङको हाफ पाइन्ट मात्रै भएको शव बुधवार फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शव पुरुषको हो कि महिलाको भन्ने पनि पुष्टि हुन सकेका छैन् ।
हेर्दा पुरुषको जस्तो देखिएको भएपनि अहिलेसम्म कुनै एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले बताए । शरीरको मासुको भाग सडेर हाड मात्रै रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०८० असार १४ गते बिहीबार