२०८३ जेठ २० , बुधबार

नेकपा सुर्खेतको जिल्ला भेला सुरु

प्रचण्डका किचेन क्याविनेट भनिने चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष गणेश भण्डारीले सम्वोधन गरेका छन


सुर्खेत १७ माघ

केपी ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सुर्खेतको भेला वीरेन्द्रनगरमा सुरु भएको छ। सुर्खेत जिल्ला कमिटीका वरिष्ठ सदस्य डिलाराम गिरीको अध्यक्षतामा भैरहेको कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य टेकेन्द्र वस्नेतले गरेका छन् ।

सुर्खेत जिल्लाका ९ वटै पालिकाका पूर्व एमाले निकटका अधिकांश कार्यकर्ताहरु भेलामा उपस्थित भएका छन् भने पूर्व माओवादी निकटका कार्यकर्ताहरु समेत भेलामा उपस्थित छन।

भेलामा कर्णाली प्रदेश सभा सदस्य ठम्मरवहादुर विष्ट, कमल शाही, डण्डीप्रसाद शर्मा, संविधान सभाका पूर्व सभाषद कमला शर्मा चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष गणेश भण्डारी, लेकवेशी नगरपालिकावाट पूर्व माओवादी तर्फबाट मेयरका उम्मेदवार रहेका खड्गबहादुर घर्ती चौकुने गाउँ कार्यसमितिका सचिव हरिप्रसाद अधिकारी, जिल्ला कमिटी सदस्य चन्द्रलाल पौडेल (सोफान),ऋषि गिरी, ताराप्रसाद गौतम, धनवहादुर रावत, टिकाराम शर्मा,लगायत विगतमा नेकपा पार्टी जिम्मेवारीमा रहेका कार्यकर्ताहरुको उपस्थिति रहेको छ।

कार्यकर्ता भेलालाई उक्त पार्टीका स्थायी समिति सदस्य तथा खानेपानी मन्त्री मणिचन्द्र थापाले संवोधन गर्नेछन। भेलालाई पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज एवं पूर्वमन्त्री यामलाल कंडेल र प्रदेश अध्यक्ष गोरखवहादुर वोगटी लगायतले संवोधन गर्दैछन।

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिबार