
माघ १७, सुर्खेत
सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं १० र ११ घुमखहरे लौरिदमारमा रहेका अति बिपन्न बादी समुदायलाई सशस्त्र प्रहरीले कम्वल वितरण गरेको छ ।
शनिबार भएको एक कार्यक्रममा उक्त ठाउँका १५ घर परिवारलाई कम्बल बितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले वादी समुदायलाई कम्बलहरु बितरण गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रेग्मीले बिपन्न समुदायलाई सरकारले सकरात्मक दृष्रुटिकोणले हेरिरहेको वताए । उनले बिस्थापितहरुलाई गुर्भाकोट नगरपालिकाले उपयुक्त किसिमले ब्यबस्थापन गर्नुपर्ने सुझाव दिए । माघको चिसोमा कम्बलले केही हदसम्म न्यानो गराउन मद्धत गर्ने उनको धारणा थियो ।
सशस्त्र प्रहरी बल नेपाल नंवर ३२ गण हेडक्वाटर रक्तकाली सुर्खेतको समन्वयमा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको कर्णाली प्रदेश स्तरिय प्रस्तावित तालिम शिक्षालय निर्माणको लागि बिस्थापित हुने बिपन्न बादी समुदायका १५ घर परिवारलाई प्रती घर एक कम्बल बितरण गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग्बिजय सुबेदीले बताए ।
‘कम्बल प्राप्त हुँदा हामीलाई सरकारले हेर्दैन भन्ने लाग्थ्यो तर आज हेरेछ,’ कम्बल प्राप्त गरेपछि बिपन्न लालबहादुर बादीले प्रतिकृया दिए । स्थानिय बादी अगुवा उजेली बादीले सशस्त्र प्रहरी आफ्नो गाउमा आएकोमा खुशी भएको वताईन । उनले सशस्त्र प्रहरीलाई आफुहरुको पूर्ण सहयोग रहने प्रतिवद्दता व्यक्त गरिन ।
कार्यक्रममा लेकबेशी नगरपालिकाका प्रमुख गगन सुनार, सहायक प्रमुख जिल्ला अधिकारी रोम महत, जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद भट्ट, जनस्वास्थ्य प्रमुख चेतननिधी वाग्ले लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन सशस्त्र प्रहरी निरीक्षक कमल थानीले गरेका थिए ।