सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राज्य प्रकियामुखी नभई एक्सनमुखी हुन जरुरी बताएका छन् । सोमबार वीरेन्द्रनगरमा विकास निर्माण लगायत समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले विकास विनाशका लागि नभई समाज रुपान्तरणका लागि भएको बताए ।
साथै राज्य अझै दीर्घकालीन विकासतर्फ अग्रसर नभई प्रक्रियामै अल्झिरहेको समेत जिकिर गरे । राजनीति गर्ने तरिका पछौटेपनमा आधारित रहेको भन्दै मुख्यमन्त्री शर्माले एक दलले गरेको कामको अर्को दलले अस्तित्व स्वीकार गर्न नसकेको बताए ।
यसले विकासलाई अझ पर धकेल्ने काम गरिरहेको बताए । साथै उनले कर्णालीको जडीबुटीको धनी भएकाले यसलाई प्रयोग गर्ने सके समर्थ देशलाई कर्णाली एक्लैले पाल्न सक्ने दाबी गरे । उनले आफुहरुले बनाएका नियमहरूले सकारात्मक र नकारात्मक दुबैबाट अन्तरविरोध गरेको बताए ।
प्रकाशित मिति : २०८० असार १८ गते सोमबार