२०८३ वैशाख ८ , मंगलबार

अहिलेको सरकारले जनपक्षीय काम गर्न सकेन, सरकार फेरबदल हुन्छ : रवि लामिछाने



धनगढी । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको सरकारले काम गर्नै नसकेको बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले हालको सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको आरोप लगाए ।

यस्तै, अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको बताए । यस्तै, सत्ता फेरबदलको चर्चा चलिरहेका बेला आफू र आफ्नो पार्टी भने त्यो दौडमा नरहेको बताए ।लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गरे ।

प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार