२०८३ वैशाख ८ , मंगलबार

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नतिजा यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो ।

गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

यो हेर्नुहोस् – एसईईको नतिजा पुरानै निर्देशिकाअनुसार सार्वजनिक गरिने

नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति लिएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसईईको नतिजा हेर्न सकिने संस्था र तिनको एसएमएस/आईभीआर कोड तथा वेवसाइट 

प्रकाशित मिति : २०८० असार २० गते बुधबार