२०८३ जेठ १९ , मंगलबार

सिम्तामा सुधारिएको चुल्हो वितरण सम्वन्धी अभिमुखिकरण



सुर्खेत २० माघ

सिम्ता गाउँपालिका र क्लिन स्मार्ट प्रा लिको साझेदारीमा वितरण हुन लागेको स्वच्छ सुधारिएको चुलो सम्बन्धि अभिमुखिकरण तथा चुलो प्रर्दशनी प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।

सिम्ता गाउँ पालिकाको वडा नं ३ को राजकाँडा नमुना समाज लापु, वडा नं ४ को कोटेश्वर नमुना समाज सिमलगाउ, वडा नं १ को राम्री नमुना समाज लुकुई, वडा नं ६ को दमार नमुना समाज र सुन्दर वस्तीमा अभिमुखीकरण गरिएको हो।

उक्त कार्यक्रमको सहजीकरण क्लिन स्मार्ट प्रा लिका भिमबहादुर बोहरा र गाउँ पालिकाका सामाजिक परिचालक चन्द्रबहादुर शाहीले गरेका थिए।

कार्यक्रममा सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाही, वडा अध्यक्षहरु राजेन्द्र सिह,मानसिं कामी र वडा सदस्य लोकबहादुर शाहीको उपस्थिति रहेको थियो। १ महिना पछि चूलो वितरण गर्ने योजना रहेको कार्यक्रममा नमुना समाजका संयोजक अमरसिंह ठकुरी र मित्रदेव शर्मा लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०७७ माघ २० गते मंगलबार