काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको भन्दै आक्रोश पोखेका छन् । मेयर शाहले प्रचण्ड भन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताए ।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै मेयर शाहले प्रधानमन्त्री प्रचण्ड र सांसदहरुमाथि व्यंग्यात्मक टिप्पणी गर्दै आक्रोश पोखेका हुन् । शाहले देश भारतीय गुलामहरुले चलाइरहेको आरोप समेत लगाएका छन् ।
उनले प्रश्न गरेका छन्– भारतीय गुलामहरुले देश चलाउँदैछ, र म मात्र विरोधमा ? र म मात्र अदालतको अबहेलनामा ? सबै जना मरेका लाशहरु हुन् ?’

प्रकाशित मिति : २०८० असार २१ गते बिहीबार