काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ एवम् सांसद आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयले उक्त अडियो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका दाङको तुलसीपुर घर भएका सन्देश शर्माको भएको जनाएको छ ।
अडियो परीक्षण गर्दा शर्माको स्वरसँग ‘स्पिकर आइडेन्टिफिकेस ट्रेट्स म्याच’ भएको हो । राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।
उक्त अडिओ कहाँ र कसबाट ‘ओरिजिनेटेड’ भयो भन्ने सम्बन्धमा भने टिकटक सिंगापुरलाई पत्राचार गरिएकोमा अहिलेसम्म जवाफ नआएको प्रहरी महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८० असार २४ गते आइतबार