
सुर्खेत २१ माघ
गत मंसिर ३० गतेको संवैधानिक परिषदको वैठकवाट विभिन्न संवैधानिक निकायहरुमा गरिएको नियुक्तिमा सिफारिश भएका व्यक्तिहरुको शपथ ग्रहण आजै हुनेभएको छ ।
विवादका विच प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा वसेको वैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्ति गरेको थियो। मानवअधिकार आयोगका अध्यक्षमा तपबहादुर मगर र अन्य पदहरुमा विभिन्न ४५ जना व्यक्तिहरुको नियुक्ति भएको थियो। उनीहरूको अहिले बिहान ९ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण हुँदैछ ।
सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण उनीहरुले संसदीय सुनुवाइको सामना गर्नु परेन । संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।
प्रकाशित मिति : २०७७ माघ २१ गते बुधबार