रोल्पा । रोल्पामा चट्याङ लागेर एक जना वडा सदस्यको मृत्यु भएको छ । आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङ लागेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्तीमगर मृत्यु भएको हो ।
यस्तै चट्याङमै अर्को घटनामा थप २ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका वडा नं. २ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रबार