२०८३ जेठ १८ , सोमबार

माधव/प्रचण्ड समूहमा नखुलेको भन्दै दैलेखमा एकजना कुटिए



सुर्खेत ४, फागुन

आफ्नो टिममा नखुलेको भन्दै माधवर प्रचण्ड समूहका कार्यकर्ताहरुले दैलेखमा एकजनालाई निर्घात कुटपिट गरेका छन् । मंगलबार १ वजेको समयमा दैलेख नौमुलेका शसिराम विकलाई दैलेखकै नारायण नगरपालिकाको विद्युत कार्यालय नजिक कुटपिट गरेका छन् । कुटपिटवाट उनको हात, दायाँ खुट्टा, छात्तिमा चोट लागेको पीडित विकले वताए । उनले आफ्नो मोटरसाईकलमासमेत क्षति भएको जानकारी दिए।

‘विद्युत् कार्यालयको बाहिर मलाई १५/१६ जनाको समूहमा आएकाहरुले कुटे। दैलेख निवासी ओमजंग थापा र अन्य दुईजनाले लात्ती र हातले पिटे। रमेश केसीले हेल्मेटले हाने,’ उनले भने। विक सवार मोटरसाईकल जलाउनै लाग्दा नजिकै रहेको ट्राफिक प्रहरीले रोकेको थियो।
विक नेपालगंजवाट परीक्षा दिएर फर्कदै गर्दा चुप्रा वजार नजिक स्थानीय रमेश केसीले रोकेर उनी सवार मोटरसाईकलमा पार्टीको झण्डा हाल्न दवाव दिएका थिए। विकले आफु पहिला माधव नेपाल टिमको कार्यकर्ता भएपनि नेता नेपालको पछिल्ला गतिविधिवाट आजित भै उक्त टिम छोडेको उनीहरूलाई वताएका थिए।

उनको यो अभिव्यक्तिवाट आक्रोशित वनेका थापा र केसीले विकलाई चुप्रादेखि दैलेख वजारसम्मै पछ्याउँदै गएका थिए। विजुलीको महसुल तिर्न विद्युत् कार्यालय भित्र पसेपछि १५/१६ जनाको समूहमा आएका आक्रमणकारीहरुले आफुलाई कार्यालय बाहिर ढुकेर वसेको र आफु भित्रवाट निस्कने बित्तिकै एक्कासि पिट्न थालेको उनले वताए ।

शसिराम विक तत्कालीन नेकपा एमालेवाट दैलेखको नौमुले गाउँकमिटीको अध्यक्ष वनेका थिए। एमाले भित्र माधव नेपाल समूहको सिफारिसवाटै आफु नौमुले गाउँकमिटीको अध्यक्ष वनेको विकले वताए । पार्टी एकतापछि नौमुले कमिटीको अध्यक्ष माओवादीको भागमा परेको र उक्त पार्टीवाट पदमबहादुर गिरी अध्यक्ष वन्दा आफु सचिवमा वस्न वाध्य भएको विकले सुनाए।

‘पछिल्ला दिनहरुमा कुन समूहमा जाने भन्ने निर्णय गरिसकेको थिईन। तर केपी ओलीका राष्ट्रवादी निर्णयहरुवाट आफु प्रभावित वनेको भने थिए,’ उनले भने। द्वन्द्वकालमा घटेको नौमूले घटनावाट पीडित भएका आफ्ना साथीहरूले माधव नेपाल प्रचण्डतिर लागेकाले त्यता नलाग्न आफुलाई दवाव दिएको विकले खुलासा गरे। त्यतातिर लाग्दा आफु एक्लो अनि जनमत नभएको नेता हुने संभावना देखिएकोले केही दिन चुप लाग्ने आफुले निर्णय गरि वसेको उनले वताए ।

दैलेखमा माओवादी विरुद्दको जनमत भएकोले जतिसुकै राम्रो नेता उता गएपनि कार्यकर्ता र जनता पछि नलाग्ने अवस्था आएकोले आफु उनीहरूको टिममा नगएको विकको भनाइ छ। दैलेखमा केपी ओली पक्षीय नेता कार्यकर्ताहरुलाई शक्ति र पहुँचका आधारमा धम्क्याउने काम वाराम्वार भैरहेको उनले वताए । आफुमाथि आक्रमण गर्नेहरु विरुद्दमा वुधवार मुद्दा दर्ता गर्ने निष्कर्षमा आफु पुगेको विकले जानकारी दिए।

प्रकाशित मिति : २०७७ फागुन ४ गते मंगलबार