२०८३ जेठ १९ , मंगलबार

गंगा चौधरी ओली पक्षमा लागिन



सुर्खेत १८, फागुन

प्रतिनिधिसभा सदस्य गंगा चौधरी सतगौंवाले पार्टी कानुनी रुपमा फुट्ने अवस्था आएमा आफ्नो साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै हुने प्रष्ट संकेत गरेकी छन् ।

प्रतिनिधिसभा बिघटन भएलगत्तै पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल पक्षमा रहेर प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी चौधरीले फेसबुकमार्फत वक्तव्य दिएर यस्तो संकेत गरेकी हुन ।

उनले ६५ वर्षमाथिका पूराना नेताको विदाइ र दोस्रो पुस्ताले पार्टी एकता बचाउन आग्रह पनि गरेकी छन । उनले पार्टी एकता बचाउन नसकेर पार्टी अन्तिममा फुट्ने अवस्था आउँदा एउटा पक्षलाई साथ दिनुपर्ने र त्यो अवस्थामा आफ्नो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधारको प्रतिनिधित्व गर्ने नेतालाई हुन्छ भन्दै ओली पक्षमा लाग्ने घोषणा गरेकी हुन ।

‘कुनै एउटा पक्षलाई साथ दिनु पर्दा मेरो प्राथमिकता जनताको बहुदलीय जनवादको मूलधारको प्रतिनिधित्व गर्ने,राष्ट्रियताको पक्षमा खरो रुपमा उत्रने, दुवै मित्रराष्ट्रलाई समदुरीमा राख्न सक्ने ल्याकत भएको, जनजिवीकाको सवाललाई उच्च प्राथमिकता दिने, राजनीतिक स्थिरताको पक्षधर,मुलुकको विकास र समृद्धिको लागि खरो उत्रने सक्ने क्षमता भएको र आम जनताले तुलनात्मक रुपमा रुचाएको पक्षलाई मेरो साथ र सहयोग रहनेछ,’ सांसद चौधरीले लेखेकी छन् ।

पछिल्लो समय प्रचण्डले भारतको लागि कम्फर्टेवल सरकार बनाउने बताएपछि असन्तुष्ट वनेकी चौधरीले यस्तो बक्तब्य दिएर आफू ओलीतिर उभिने प्रष्ट पारेकी छन । चौधरीले आफू पार्टी एकताको पक्षमा रहेको तर आफ्नै पार्टीको नेतृत्वको सरकार ढालेर अर्को बनाउने र पार्टी फुटाउने अवस्थामा साथ नरहने प्रष्ट पारेकी हुन ।

प्रकाशित मिति : २०७७ फागुन १८ गते मंगलबार