
सुर्खेत १ चैत्र
विगतमा माधव/प्रचण्ड, केपी ओली र वामदेव खेमाको अभियानमा सहभागी वनेका एमाले सुर्खेतका नेताहरु मोहनशिं वडुवाल, हरिप्रसाद अधिकारी र धिरवहादुर शाही आज पहिलोपटक एउटै कार्यक्रममा सहभागी वनेका छन् ।
एमाले पार्टीको पूर्ववत जिम्मेवारी अनुरुप सुर्खेतको चौकुने गाउँ पालिका पुगेका उनीहरूले पार्टी कार्यकर्ताहरु माँझ एमाले पार्टीलाई एकतावद्द वनाउने प्रतिवद्दता जनाए। तीनै जना फरक-फरक धारका स्थानीय नेताहरूको उपस्थितिमा आईतवार चौकुने गाउँपालिकाको गुटुमा नेकपा एमालेको पार्टी कार्यालय स्थापना गरिएको छ ।
गुटुमा अगुवा कार्यकर्ता भेलासमेत गरि पार्टी कार्यालय स्थापना गरिएको हो । अदालतको फैसला पछि जिल्ला पार्टी कार्यालय संचालनमा ल्याएको नेकपा एमालेले स्थानीय तहका कमिटीहरुलाई पनि सक्रिय बनाउन थालेको छ ।
सर्वोच्चको फैसला पछि नेकपा एमाले सुर्खेतले पार्टीका हरेक सांगठनिक गतिविधिहरु अगाडि बढाउने योजना वनाईरहेको एमाले सुर्खेतका सचिव मोहनसिंह बडुवालले बताए।
उनले तीन वर्ष अगाडि एकताको नाममा आफुहरुले आफ्नो पार्टीको नाम भुलेको र नेकपा पार्टीको नामवाट पार्टी चलाएको जनाए । एकता कानुन सम्मत नभएको र एकताको विधि गलत भएकोले हामी पुरानै अवस्थामा फर्किएको उनले स्वीकार गरे।
कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले कम्युनिस्ट पार्टीहरुको विभाजनले विकास निर्माणमा असर पर्ने बताए । पार्टीको पंक्तिलाई अब उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । जिल्ला र केन्द्रमा के हुन्छ त्यसका पछाडि नलागी चौकुनेमा पार्टीलाई कसरी एक ढिक्का बनाउन सकिन्छ, त्यस अभियानमा लाग्न उनले सबैलाई आग्रह गरे।
नेकपा एमाले चौकुने गाउँ कमिटीको पार्टी कार्यालय स्थापना तथा कार्यकर्ता भेलाको अध्यक्षता गरेका हरिप्रसाद अधिकारीले पार्टीमा सवैलाई समेटेर अघि वढ्ने वताए। सूर्य चिन्ह र नेकपा एमालेविरुद्धमा कसैलेपनि गतिविधि गर्नु नहुनेमा उनले जोड दिए। पार्टी एकतावद्द वने आगामी निर्वाचन सहजै जितिने उनको भनाइ थियो।
कार्यक्रममा चौकुने गाउँ पालिकाका उपाध्यक्ष निर्मला मगर, जिल्ला कमिटी सदस्य हरि खनाल, स्थानीय पार्टी नेताहरू लछिराम आले , गणेश राना, शंकर कामी अमर बिसि , तुलाराम हिस्की, ताराकेशर सुवेदी , कमल बिक, हरिकला बिसी कासिराम देबकोटा, बालाराम धमला, रतन बिक, पदम कडेल, अमर टमटा, तेजेन्द्र बयक गोबिन्दा राना रतन चलाउने, जय चलाउने केशर नामजाली लगायतको सहभागीता रहेको थियो। कार्यक्रममा रतन बिक र केशव कडेल एमाले पार्टीमा प्रवेश गरेका थिए।