२०८३ असार १० , बुधबार

एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्री शाही अल्पमतमा



सुर्खेत ४ चैत

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई दिएकाे समर्थन फिर्ता लिदै नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलकाे वैठक सकिएकाे छ। एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै कर्णाली सरकार स्पष्ट रुपमा अल्पमतमा परेको हो ।

बुधबार कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफ्नाे पार्टीका तीन जना मन्त्रीलाई सरकारवाट फिर्ता बोलाइएको जानकारी दिए । वैठकले आज अनुपस्थित हुने सांसदहरूलाई स्पष्टीकरण साेध्ने निर्णय समेत गरेको छ।

कर्णाली प्रदेशसभामा हाल माओवादी केन्द्रबाट १३ र एमालेबाट २०, कांग्रेसबाट ६ र राप्रपाबाट १ प्रदेशसभा सदस्य रहेका छन् । राप्रपाले महेन्द्रवहादुर शाही मुख्यमन्त्री हुनु अगावै कडेलकाे समर्थन गर्दै मुख्यमन्त्रीमा समर्थन दिईसकेकाे छ। नेकपा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी एमाले प्रवेश गरिसकेकाले एमालेलाई सरकार वनाउन आवश्यक वहुमत सजिलै पुग्ने देखिन्छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मूख्यमन्त्री शाहीकाे सत्ता हल्लिएकाे छ। आजकाे वैठकमा ओली खेमामा गएका भनिएका २ जना मन्त्रीहरु अनाैपचारिक वैठकमा कडेलसंग छलफलमा वसेर समर्थन गरेपनि पदीय मर्यादाको कारण भन्दै दलकाे औपचारीक वैठकमा सहभागी भएका थिएनन् ।

सरकारवाट एमाले फिर्ता भएसंगै मुख्यमन्त्रीले १ महिनाभित्र संसदवाट विश्वासको मत लिनु पर्नेछ। कर्णालीमा एमाले विभाजन नभई उनले विश्वासको मत लिने अवस्था छैन।

प्रकाशित मिति : २०७७ चैत ४ गते बुधबार