
चैत ७, सुर्खेत
एमाले निकट राष्ट्रिय युवा संघ सुर्खेतको अध्यक्षमा कमल खड्का जुनी चयन भएका छन् । कर्णाली प्रदेश यातायात व्यवसायी संघ र नागरिक यातायात प्रालिका अध्यक्षसमेत रहेका खड्का सुर्खेतको युवा पुस्ता माँझ लोकप्रिय छन् ।
युवा संघको अध्यक्षमा नियुक्त भएपछि प्रतिकृया दिदै खड्काले आफ्नो लक्ष्य दुर्व्यसनीमा लागेका युवाहरुलाई कुलतवाट निकाल्नु र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सम्वृद्धिको योजनालाई साकार पार्नु रहेको वताए ।
केपी ओलीप्रती देशभरका युवाहरुको आशा र विश्वास रहेको उनको दाबी थियो। सुर्खेतका युवाहरुलाई एमाले पार्टीमा भित्र्याउन आफुले भूमिका खेल्ने उनले वताए ।
त्यस्तै, युवा संघले गणेशमान खनाललाई स्थायी कमिटी सदस्यमा र रन्जना रेग्मी, नवीन सारु, किरण सापकोटा, विनोदसिं विष्टलाई सचिवालय सदस्यमा चयन गरेको छ ।
युवा संघको केन्द्रीय सदस्यहरुमा बासु आचार्य, छवि पौडेल, राजेन्द्र सिंह, झक्की सिजापती, यमुना नेपाली, ज्ञानु विशुन्खे, यमप्रसाद भट्टराई, हेमन्त मल्ल, टेकराज आचार्य, कविन रावत, हरिमणि आचार्य र दोर्जे लामा विष्टलाई चयन गरेको छ ।