
चैत २६, सुर्खेत
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली वर्तमान व्यवस्था भत्काउन उद्धत रहेको दाबी गरेका छन् । अध्यक्ष दाहालले देशमा प्रतिक्रान्तिको प्रयास भएको भन्दै परिवर्तनकारी शक्तिहरु एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार माओवादीले आयोजना गरेको प्रतिरोध दिवसमा पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेलामा उनले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नयाँ सत्ता समीकरण निर्माण गरिने प्रष्ट पारे ।
प्रतिनिधिसभा विघटन गरेर संविधान विरोधी काम प्रधानमन्त्रीबाटै भएको उल्लेख गर्दै उनले आफूहरुले शान्तिपूर्ण रुपमा सो कदमलाई परास्त गर्न लागिपरेको स्मरण गरे । उनले त्यो कदमलाई सर्वोच्चले गलत भनेको बताए ।
सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै रहेकाले प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाहरुले विद्रोहको झण्डासहित उत्रिनुपर्ने वताए ।