२०८३ वैशाख ५ , शनिबार

एमाले सल्यानको जिम्मेवारी हेरफेर



चैत २९, सुर्खेत

नेकपा एमाले सल्यानको वैठक जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।

उक्त पार्टीका अध्यक्ष गोविन्दकुमार पुनको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सदस्य गुलावजंग शाह, प्रदेश कमिटी सदस्यहरु लोकबहादुर डाँगी, भिमबहादुर सेन, तिलक मल्ल, मनोज प्रधान, कुलबहादुर गिरी लगायतको सहभागिता रहेको थियो ।

जिल्ला कमिटीको बैठकले जिल्लाका दशवटै स्थानीय तहमा जिम्मेवारी हेरफेर गरेको छ । वैठकले आगामी बैशाख ५ गते भित्र जनबर्गिय संगठनहरुको भेला गर्ने निर्णय गरेको छ ।

दशवटा स्थानीय तहमा जिम्मेवारी हेरफेर गर्दै वैठकले कालिमाटी गाउँपालिकाको अध्यक्षमा केशर बुढा र ईन्चार्जमा दानबहादुर केसीलाई नियुक्त गरेको छ । सनसिल्ला वलि(डिसी)लाई सह–इन्चार्ज तोकेको छ ।

यस्तै, कपुरकोट गाउँपालिकामा घनश्याम शर्मा, त्रिवेणी गाउँपालिकामा लोकेन्द्र सिं खडका अध्यक्ष वनेका छन् । छत्रेश्वरी गाउपालिकामा ज्ञानबहादुर खड्का, शिद्धकुमाख गाउपालिकामा भैरव शाह अध्यक्ष वनेका छन् ।

दार्मा गाउपालिकामा बल बहादुर वली, बनगाड कुपिन्डे नगरपालिकामा गञ्जमान बुढा, बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष वनेका छन् ।

प्रकाशित मिति : २०७७ चैत २९ गते आइतबार