२०८३ वैशाख ३ , बिहीबार

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए सपथ



सुर्खेत ३ जेठ

कर्णाली प्रदेशका दुई जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको सिफारिसमा नियुक्त भएका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीता नेपालीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज पद तथा गोपनीयताको सपथ खुवाएका छन्।

गत बुधबार मुख्यमन्त्री शाहीले तीन जना मन्त्री नियुक्त गरेका थिए । तर सत्ता साझेदार वन्न खुट्टा उचालेर वसेको नेपाली कांग्रेसले आफुहरुलाई जानकारी नै नदिइ भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक मन्त्रालय फुटाएकोमा आपत्ति जनाएपछि सरकार व्याक भएको थियो। पछि नियुक्त गरिएका विन्दमान विष्टलाई मन्त्रीवाट व्याक गरि कांग्रेसलाई दुई मन्त्रालय दिने मन्जुर गरि ती मन्त्रालय मुख्यमन्त्री आफैले राखेका छन्।

नेपाली काँग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालयमा कसलाई पठाउने भन्ने वारेमा टुंगो नलागेकोले दुई मन्त्रालय अझै खाली छ।

प्रकाशित मिति : २०७८ जेठ ३ गते सोमबार