
समाजमा रहेका अनियमितता, विकृति, विसंगति र भ्रष्टाचार विरुद्धको अभियानमा सामेल हुने अभिप्रायले हामीले अनलाइन पत्रकारिता सुरु गरेका छौ। २०७७ साल असोज १ गते (आजैका दिन) देखि अनलाइनको दुनियाँमा एक छुट्टै पहिचान वनाउने गरि खवरदृष्टि अनलाइन संचालनमा ल्याएका छौ। यश मार्फत निष्पक्ष समाचार यहाहरु वीच संप्रेषण गर्ने वाचा गर्न चाहन्छौ।
अगल धार, अलग विचार अनि सत्य, निष्कपटयुक्त समाचार प्रवाह गर्नु हाम्रो मूल लक्ष्य रहनेछ। समाजमा अन्यायमा परेको वर्ग र दीनदुखीहरुको दवाईएको आवाज ओकल्ने माध्यम हाम्रो अनलाइनलाई वनाउनेछौ।
हामीले दिने समाचारमा समसामयिक विश्व र नेपालको राजनीति, आर्थिक विकास, जलश्रोत, खानी, पूर्वाधार विकास, पर्यटन, कृषि, पशुपालन, उधोग, वित्तीय क्षेत्र, जडिबुटी, संचार, शिक्षा, स्वास्थ्य, नवीन प्रविधि, विभिन्न आविस्कारहरु लगायत समेटिनेछन।
समाजमा लुकेका प्रतिभाहरु, वालवालिका, महिला, जेष्ठ नागरिकहरुका समस्या र समाधानका उपायहरूवारे सरोकारवालाहरुको वीचमा छलफल र वहसको थालनी गरिनेछ। अशिक्षा, वेरोजगारी, लागुऔषध दुर्व्यशनी, महिला हिंसा, हत्या हिंसा, वलात्कार आदि विषयलाई महत्वका साथ उजागर गर्ने छौ।
प्रिन्ट मिडिया सिद्धदर्शन दैनिक हुँदै अनलाइन मिडिया खवरदृष्टिसम्म आईपुग्दा पाठकवर्ग, विज्ञापनदाता र आम–जनसमुदायवाट प्राप्त सहयोग र सद्भावमा कुनै कमी नहुने हामीले अपेक्षा गरेका छौ। सहयोग र समर्थनका लागि यहाहरुलाई मुरीमुरी धन्यवाद व्यक्त गर्न चाहन्छौ।
चिन्तामणि शर्मा
सम्पादक