२०८३ वैशाख ४ , शुक्रबार

प्रधानमन्त्रीले पुनः सपथ लिनु नपर्ने, सर्वोच्चले अन्तरिम आदेश दिएन



काठमाडौं ४ जेठ

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

प्रधानमन्त्रीले सपथको वेला ुप्रतिज्ञा गर्दछुु भन्ने वाक्य छुटाएको भन्दै पुनः सपथग्रहण गर्नुपर्ने भन्दै रिट दायर गरिएको थियो।

प्रकाशित मिति : २०७८ जेठ ४ गते मंगलबार