२०८३ वैशाख ४ , शुक्रबार

पार्टी विरोधी गतिविधिमा लागेको भन्दै एमाले सचिव वडुवाल पदमुक्त



सुर्खेत २३ जेठ

नेकपा एमाले सुर्खेतको सचिवालय वैठकले समानान्तर गतिविधिमा लागेको भन्दै पार्टी सचिव मोहनसिं वडुवाललाई कार्वाही गरि सचिव पदवाट हटाएको छ।

वैठकले समानान्तर गतिविधिमा लागेका पार्टी कमिटीमा रहेका र पार्टीवाट निर्वाचित जन प्रतिनिधिहरुलाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ। समानान्तर गतिविधिमा लागेका पार्टीका सवै सदस्यहरुलाई पार्टीमा फर्कन आव्हान गरिएको छ ।

नेकपा एमाले सुर्खेतका अध्यक्ष धुर्वकुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको वैठकले भोली जेठ २४ गतेदेखि सुर्खेतका सवै पालिकाहरुमा पार्टी कमिटीका सदस्यहरुका साथै जनप्रतिनिधिहरुको वैठकको आयोजना गरिने निर्णय भएको छ। सुर्खेतको पश्चिम चौकुने गाउँ पालिकावाट वैठक सुरु भई वीरेन्द्रनगरमा आएर सकिने छ।  भौतिक दुरी कायम गरि वैठकहरुको आयोजना गरिने उनले दाबी गरे।

यस्तै, पार्टीको जिल्ला कमिटीको वैठक आगामी असार ५ गते वस्ने निर्णय समेत भएको अध्यक्ष शाहीले जानकारी गराए।

प्रकाशित मिति : २०७८ जेठ २३ गते आइतबार