जुम्ला । जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका–४ गिडीखोलाका ३५ वर्षीय कालीप्रसाद उपाध्यायको विद्युतीय करेन्ट लागेर मृत्यु भएको हो ।
गिडीखोलास्थित जालपादेवी विद्युत आयोजनाका संस्थापक अपरेटरका रुपमा कार्यरत उपाध्याय बुधबार साँझ करेन्ट लागेर घाइते भएका थिए । करेन्ट लागेर घाइते उपाध्यायलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रकाशित मिति : २०८० चैत १ गते बिहीबार