२०८३ वैशाख ४ , शुक्रबार

नेपाल यूएईलाई हराउँदै यु-१९ विश्वकपमा



काठमाडौं। नेपाल आईसीसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको छ । नेपाल यूएईलाई ६ रनले पराजित गर्दै विश्वकपमा पुगेको हो । योसँगै २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकपको नेपालले स्थान बनाएको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् ।

प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार