काठमाडौँ । पहेँलो दाँतले मानिसको व्यक्तित्वमा नै असर पु-याइरहेको हुन्छ । यही कारण कतिपय मानिस खुलेर हाँस्नसमेत हिच्किचाउँछन् । यतिसम्म कि हाँस्दासमेत मुखमा हात राख्नुपर्ने बाध्यता हुन सक्छ । दाँतलाई पहेँलो बनाउने कैयौँ कारण हुन्छन् । जसमा बढी चिया, कफी, तमाखु र चुरोटको प्रयोग पनि हुन सक्छ । तर, यस्तो समस्याको सजिलैसँग घरमै उपचार गर्न पनि सकिन्छ ।
यस्ता छन् घरेलु उपचार
–यदि तपाईँको दाँत पहेँलो भएको छ भने कागती र सुन्तलाको बोक्रा दाँतमा रगड्नुहोस्। यो उपाय हप्तामा दुई पटक गर्न सक्नुहुन्छ।
–नीमको पातले दाँतको पहेँलोपनलाई कम गर्न निकै सहयोग गर्छ। ब्रस गर्नुको सट्टा यसबाट दाँत माझ्न सुरु गर्नुहोस्।
–दाँतको पहेँलो हटाउनको लागि स्ट्रबेरी र नुनलाई एकसाथ राखेर ब्रसको मद्दतले सफा गर्दा दाँत सेतो र चम्किलो हुन्छ ।
–दाँतको पहेँलोपन कम गर्न मनतातो पानीमा अदुवा र नुन मिसाएर कुल्ला गर्नुहोस्, यसले मुखको गन्ध र पहेँलोपन कम हुन्छ।
–दाँत सफा गर्नका लागि भिनेगर पनि निकै प्रभावकारी हुन्छ । एक गिलास पानीमा सेतो भिनेगर मिलाएर कुल्ला गर्दा पनि दाँत मोती जस्तै चम्किलो हुनेछ।
नरिवलको तेलले आफ्नो पहेँलो दाँतलाई चम्काउन पनि सकिन्छ । त्यसका लागि एक चम्चा नरिवलको तेल लिएर त्यसलाई आफ्नो दाँतमा लगाउन सक्नुहुन्छ । साथै, टुथब्रसमा केही थोपा नरिवलको तेल राखेर केही मिनेटसम्म दाँत ब्रस गरी कुल्ला गरेमा दाँत चम्किन्छन् ।