२०८३ असार ९ , मंगलबार

सम्पत्ति शुद्धीकरण उजुरीपछि कामु सीईओ कपुरको राजीनामा



काठमाडौं । सम्पत्ति शुद्धीकरणमा उजुरी परेपछि हिमालयन रिइन्स्योरेन्सका कामु सीईओ मुकेशकुमार कपुर ले जिम्मेवारी सम्हालेको एक सातामै राजीनामा दिएका छन्। उनी २ असार २०८३ मा कामु सीईओ नियुक्त भएका थिए र ८ असारमा पदबाट बाहिरिएका हुन्।

पूर्व सीईओ उपासना पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि कपुरलाई जिम्मेवारी दिइएको थियो। स्रोतका अनुसार कपुरविरुद्ध पनि सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेपछि बयानका लागि बोलाइएको र त्यसलगत्तै उनले राजीनामा दिएका हुन्। कारणबारे कम्पनीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार