२०८३ वैशाख ३ , बिहीबार

सुर्खेतको राजीगाउँमा पर्यटकीय गतिविधि वढ्दै

फिसिङ् र राफ्टिङ् गर्न डाक्टरसहितको टोली सुर्खेतको राजीगाउँमा


सुर्खेत ४ चैत

कर्णाली राफ्टिङ् एण्ड एडभेन्चर प्रा लिले सुर्खेतको पश्चिमी क्षेत्र (भेरी कर्णाली नदि)मा संचालन गरेको राफ्टिङ् र फिसिङ् गर्ने उद्देश्य राखेर एक टोली सुर्खेत आईपुगेको छ। भारतको सिक्किमवाट प्रोफेसरर डाक्टर सम्मिलित ९ जनाको टोली मंगलबार साँझ वीरेन्द्रनगर आईपुगेको हो। भ्रमण टोलीमा २ जना डाक्टर र ४ जना ईन्जिनियर सहित ९ जना रहेका छन् ।

सिक्किमवाट ३ दिनअघि सुर्खेतका लागि हिडेका उनीहरू वीरेन्द्रनगरमा बाँस वसी सुर्खेतको पंचपुरी नगर पालिकाको जामुतर्फ लागेका छन्। भेरी र कर्णालीको दोभान आसपासमा उनीहरु फिसिङ्  (आफै माछा मार्ने र खाने) गरि मनोरन्जन लिनेछन् भने छोटो दुरीमा राफ्टिङ् समेत गर्नेछन।

पंचपुरी ९ को जामुको पुल आसपासमा आज (वुधवार) वाट फिसिङ् सुरु हुनेछ भने जामुको राजीगाउँ होमस्टेमा उनीहरूको वसाई हुनेछ। भ्रमण दलका सहभागीहरुले दैनिक ३ हजारका दरले खर्च गर्नुपर्ने प्रालिका प्रवन्ध निर्देशक देवराज जैसीले वताए। उनले पर्यटकहरुलाई ३ दिनसम्म राजीगाउँ केन्द्र वनाएर राखिने जानकारी दिए।

सिक्किमवाट आएका मणिपाल मेडिकल कलेज गान्तोकका अर्थोपेडिक प्रोफेसर डाक्टर एसके देवानले नेपाल आउँदा आफु आनन्दित र रोमान्चित भएको प्रतिकृया दिए। राजीगाउँ वसाई विशेष हुने उनले । भ्रमण दलमा सहभागी अर्का सदस्य दिपक राईले समेत सुर्खेत राम्रो ठाउँ भएको वताए । उनी भारत सरकारको ईन्जिनियर पदमा कार्यरत छन्।

पछिल्लो समय सुर्खेतको जामुलाई केन्द्र वनाएर विभिन्न पर्यटकीय गतिविधिहरु भैरहेका छन्। सुर्खेतका देवराज जैसीले भेरी र कर्णाली नदिमा राफ्टिङ् व्यवसाय गर्नुका साथै होमस्टे स्थापना लगायतका विभिन्न पर्यटकीय गतिविधिहरु गर्दै आईरहेका छन् ।

प्रकाशित मिति : २०७७ चैत ४ गते बुधबार