२०८३ वैशाख १४ , सोमबार

जातीय विभेद गरेको आरोपमा दुई जना पक्राउ



मुगु । मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।मुगुको सोरु गाउँपालिका ९, खनैयाँ स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत दाङकी तुलसाकुमारी विकले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

विकले सोरु गाउँपालिका वडा नम्बर ९ की ५४ वर्षीय झ्यापु शाही, सुरजकुमार शाही र सोही पालिकाको वडा नम्बर ६ का धनप्रसाद भट्टविरूद्ध किटानी जाहेरी दिएकी थिइन् । सोहीअनुसार धनप्रसाद भट्ट र झ्यापु शाहीलाई आइतबार पक्राउ गरी जिल्ला अदालत मुगुबाट म्याद थप भइसकेको थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुस ८ गते आइतबार