२०८३ वैशाख १४ , सोमबार

चर्चित गायिका एलिना चौहान सुर्खेत आउँदै



सुर्खेत । चर्चित गायिका एलिना चौहान सुर्खेत आउन लागकी छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा उनी सुर्खेतको सिद्धार्थ शनि रिसोर्टमा आउन लागेकी हुन् । उक्त रिसोर्टले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम गर्ने भएपछी उनी सहितका अन्य कलाकारहरु पनि सुर्खेत आउन लागेका छन् ।

आज पत्रकार सम्मेलनमार्फत सिद्धार्थ होटलले उक्त कार्यक्रममा सहभागिताका लागि वयस्कहरुले २ हजार रुपैयाँ र ५ वर्ष माथी देखी १२ वर्ष मुनिका बालबालिकाहरु लागि १ हजार रुपैयाँ टिकटको व्यवस्था गरिएको जानकारी दिएको हो ।

होटलले त्यसमा स्वागत पेय एक बोतल जुस अथवा बियर र अन्तर्राष्ट्रिय बुफे डिनर निःशुल्क हुने जनाएको छ । टिकट डिसेम्बर ३१ बेलुका ४ बजे सम्म मात्र खुल्ला रहने, र टिकट बुकिङको लागि सिद्धार्थ होटल सुर्खेतमा सम्पर्क गर्नुपर्ने छ । सिद्धार्थ होटल सुर्खेतले हरेक नयाँ वर्षको पूर्वसन्ध्यामा विभिन्न कलाकारहरु सहित कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० पुस ८ गते आइतबार