सुर्खेत । कर्णाली करिडोरअन्तर्गत छारे–लेप्च्या खण्डमा सडकको काम गर्ने क्रममा खसेर लागेको ढुंगा खस्दा एक मजदुरको मृत्यु भएको छ । सर्केगाड गाउँपालिका–२ स्थित लेप्च्याको सडक निर्माण गर्ने क्रममा मुगुको सोरू गाउँपालिका– ५ सोरुकोट धुपीका अन्दाजी ४९ वर्षका मनसिंह बुढाको ढुंगाले लागेर मृत्यु भएको हो ।
सोमबार दिउँसो साढे १२ बजेको समयमा लोप्च्या सडक खण्डको कडा चट्टान फोर्ने क्रममा खसेको ढुंगा लागेर बुढा करिब ५० मिटर तल खसेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । भिरबाट खसेर गम्भीर घाइते भएका बुढाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति : २०८० पुस ९ गते सोमबार