
सुर्खेत । डिप्लोमा नेपाल इन्जिनियर्स एशोसिएसन नेपाल (डीन) कर्णाली प्रदेशको अध्यक्षमा कमल दर्लामी चयन भएका छन् । नयाँ नेतृत्वका लागि सोमबार भएको डीनको प्रथम कर्णाली प्रदेश सम्मेलनले अध्यक्षमा दर्लामीलाई सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी, उपाध्यक्षमा धनबहादुर केसी र महिला उपाध्यक्षमा एलिसा आचार्य भएका भएकी छन् । सचिवमा जीवन सिंह र प्रज्वल कठायत, सहसचिवमा दक्षिणा कुमारी शाही, महासचिवमा योगेन्द्र रावल र कोषाध्यक्षमा धन बहादुर थापा चयन भएको नवनिर्वाचित अध्यक्ष दर्लामीले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा प्रकाश बुढा, सतल बहादुर वटला, हरी बहादुर शाही, हरीप्रसाद भट्टराई, जयबहादुर विष्ट, कुमार परियार र हरीवोल राना चयन भएका हुन् । नयाँ पदाधिकारीले सोमबार नै सपथ ग्रहण गरिसकेका छन् ।
प्रकाशित मिति : २०८० पुस ९ गते सोमबार