२०८३ वैशाख १४ , सोमबार

वीरेन्द्रनगर बसपार्कबाट लागुऔषधसहित एक जना पक्राउ



पक्राउ परेका सन्दिप सुनार

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१० बसपार्कबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ बस्ने वर्ष २५ का सन्दिप सुनार रहेका छन् । उनलाई सोमबार राति अन्दाजी साढे ९ बजेको समयमा लागुऔषध व्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सुनारलाई शंकास्पद रुपमा फेला पारी शरिर खानतलासी गर्दा उनको साथबाट शुद्द ८ सय ६० मिलिग्राम लागुऔषध ब्राउनसगुर जस्तो देखिने धुलो पदार्थ समेत प्रहरीले बरामद गरेको छ । हाल उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुस १० गते मंगलबार