चैत पहिलो हप्तादेखि एसईई परीक्षा

खबरदृष्टि सम्वाददाता २५ पुष २०८०, बुधबार १७:२५

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । बुधबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा चैत पहिलो साता शुरु हुने बताएका हुन् ।

उनले संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले परीक्षा हुने हो वा होइन भन्ने अन्योलमा नपर्न आग्रह समेत गरे । यसवर्षदेखि एसईईमा सबै विषयमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने प्रावधान राखिएको छ । यसअघि ‘ग्रेडिङ प्रणाली’ थियो । अब भने त्यो लागू नहुने भएको छ ।

Next Post

एपीएफलाई हराउँदै पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि

२५ पुष २०८०, बुधबार १७:२५
सुर्खेत । नेपाल पुलिस क्लबले ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा आज भएको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन एपिएफ क्लबलाई हराउँदै पुलिस क्लबले उपाधि जितेको हो । पुलिसले ३–१ को सेटमा एपिएफलाई पराजित गरेको हो । पहिलो सेट गुमाएको पुलिसले त्यसपछि भने […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031