
तस्विर : अमर कार्की
सुर्खेत । सुर्खेतको पञ्चपुरीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ को कुवापानीमा सोही ठाउँ बस्ने वर्ष १८ का भरत वुढा मृत अवस्थामा फेला परेका हुन् । सोमवार राति १ बजेको समयमा बुढा घरभन्दा केही मिटर टाढा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कुष्णबहादुर खड्काले खबरदृष्टिलाई जानकारी दिए ।
उनकाअनुसार बुढाको शरीरमा चोट लागेको देखिएको छ । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक योगेन्द्रसिँह थापाको टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली खटिएको छ । घटना शंकास्पद रहेको निरीक्षक खड्काकाे भनाई छ ।
‘घटनास्थलको प्रकृति हेर्दा र चोट पटक लागेको देख्दा घटना शंकास्पद छ । घटनाको अनुसन्धानका लागि कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको टोली ल्याइएको छ,’ निरीक्षक खड्काले भने ।