२०८३ जेठ २७ , बुधबार

कर्णालीमा ट्राउट माछाको सम्भाव्यता खोजिने



सुर्खेत । पशुपन्छी विकास निर्देशनालय कर्णाली सुर्खेतको आयोजनामा मत्स्य विकास केन्द्र शमशेरगंज बाँकेमा ३ दिने मत्स्यपालन सम्वन्धी तालिम सम्पन्न भएको छ। केन्द्रका निमित्त प्रमुख एवम् समापन कार्यक्रमका प्रमुख अतिथि महेन्द्रप्रसाद यादवले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरिदिन आग्रह गरे।

तालिममा सिकेका कुरा समाजमा रहेका अन्य व्यक्तिलाई सिकाउन उनले अनुरोध गरे। वास्तविक तालिम कार्यक्षेत्रमा फर्केपछि सुरु हुने उनको भनाइ छ। पशुपन्छी विकास निर्देशनालय कर्णालीका पशु स्वास्थ्य अधिकृत एवम् कार्यक्रमका सभाध्यक्ष मोहन गिरीले ३ दिनसम्म सिकेका कुराहरूलाई व्यवहारमा उतार्न अनुरोध गरे।

अहिले कर्णाली प्रदेशमा माछा व्यवसायीहरुले पालेका माछाहरु ५ प्रतिशत, प्राकृतिक रुपमा नदिनालाबाट उत्पादित माछावाट १५ प्रतिशत र ८० प्रतिशत वाहिरी जिल्लाबाट आयात हुने गरेको उनको भनाइ छ। गिरीले कर्णाली प्रदेशलाई माछा पकेट क्षेत्र बनाउन लागिहाल्नुपर्ने बताए।

व्यवसायीमुखी किसानहरुसंग निकट भविष्यमा छलफल गरि कसरी व्यवसायीक माछापालन गर्ने भन्ने सुझाव लिई अघि वढ्ने प्रतिवद्धता जनाए। तालिममा केन्द्रका निमित्त प्रमुख यादव, पशुपन्छी विकास निर्देशनालय सुर्खेतका मत्स्य विकास अधिकृत प्रकाश पाठक, मत्स्य विकास केन्द्रका प्रेमबहादुर शाहीले नेपालमा माछापालनको महत्त्व, माछाका जातहरु र तीनका विशेषता र माछापालन गर्दा अपनाउनु पर्ने सतर्कता, माछाको आहारा बनाउने तरिका, पोखरी निर्माण गर्ने तरिका, रोग, तालको पानीको गुणस्तर लगायतका विषयमा प्रशिक्षण दिएका थिए।

तालिमका सहभागी रामबहादुर शाहीले ३ दिनको तालिमबाट व्यवस्थित माछापालन गर्दा अपनाउनु पर्ने सतर्कता, पानी पोखरी निर्माण, माछाका लागि दाना, रोगहरु, उपचार गर्ने वारे सिकेको बताए।

तालिमका सहभागीहरुले माछापालन केन्द्र (नर्सरी र ह्याचिङ्) कर्णाली प्रदेशमा स्थापना गर्न, केन्द्र निर्माण पछि यस्ता तालिमहरु उतै गर्न र यसको नेतृत्व गरेर कर्णालीलाई माछापालनको हव बनाउन पशुपन्छी विकास निर्देशनालयलाई सुझाव दिएका थिए।

उनीहरूले चिसो पानी हुने सुर्खेतलगायतका कर्णालीका जिल्लाहरुमा ट्राउट माछा पाल्नेवारे संभाव्यता अध्ययन गर्न पनि निर्देशनालयलाई सुझाव दिए। गत बुधबारदेखि सुरु भएको तालिममा सुर्खेत र जाजरकोटका १७ जना मत्स्यपालन व्यवसायीहरु सहभागी भएका थिए।
थ्यग कभलत

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रबार