२०८३ वैशाख १९ , शनिबार

सानीभेरी गाउँपालिकामा आज शोक बिदा



सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आज मंगलवार शोक बिदा दिईएको छ । सानीभेरी गाउँपालिका–५ का वडा अध्यक्ष अल बहादुर खनालको असामयिक निधन भएको शोकमा सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टका अनुसार सोमबार बिहान वडा अध्यक्ष खनालको उपचारको क्रममा मृत्यु भएको खबरपछि आकस्मिक रुपमा बसेको गाउँ कार्यपालिका बैठकले मंगलबारको दिनलाई ‘सानीभेरी शोकको दिन’ घोषणा गरेर सार्वजनिक बिदा गर्ने निर्णय गरिएको हो ।

मंगलवार गाउँपालिका भित्र रहेका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरु र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिईएको अध्यक्ष विष्टले जानकारी दिए । उनलेसबै सरकारी कार्यालयहरुमा तीन दिनसम्म झण्डा आधा झुकाउने समेत निर्णय भएको बताए ।

४१ वर्षीय वडा अध्यक्ष खनालको काठमाडौको मेडिसिटी अस्पतालमा उपचारको क्रममा सोमवार निधन भएको हो । जण्डिसको कारण उहाँको फोक्सो, कलेजो र मृगौलामा समस्या भएपछि भेण्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

426000666_300501269679029_2875757337481387259_n (1)1707144993.jpg

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार