
सुर्खेत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रन्तिकारी) सुर्खेत जिल्लाको संयोजकमा रुपा भण्डारी चयन भएकी छन् । भण्डारी यसअघि यही संगठनको जिल्ला सचिव थिइन् ।
शुक्रवार भएको प्रथम जिल्ला भेलाबाट भण्डारी चयन भएकी हुन् । यस्तै डिलसरा थापा सहसंयोजक, सुजता कँडेल सचिवसहित ४१ सदस्यीय कमिटी चयन गरिएको छ ।
प्रकाशित मिति : २०८० फागुन ११ गते शुक्रबार