
सुर्खेत । वीरेन्द्रनगरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । शुक्रवार दिउँसो १ः३० बजेको समयमा मंगलगढी चोकबाट पिपिरातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ प ५४५३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको भे २ प ५२३४ नम्बरको मोटरसाइकल वीरेन्द्रनगर–१० दैलेख रोड चोकमा एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा वीरेन्द्रनगर–१० बस्ने वर्ष ४२ का शेरबहादुर सार्की, बर्दिया बासगढी नगरपालिका ५ बस्ने वर्ष ३५ का भोलाराम थारु र वीरेन्द्रनगर–११ बस्ने वर्ष २२ का रमेश बिटालु रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले खबरदृष्टिलाई जानकारी दिए ।
उनकाअनुसार घाइते दुई जनाको ट्रमा सेन्टर सुर्खेतमा र एक जनाको माया नर्सिङ होममा उपचार भइरहेको छ । दुई वटै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
