कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लालाई

खबरदृष्टि सम्वाददाता १८ फाल्गुन २०८०, शुक्रबार १८:४९

सुर्खेत । कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले उचालेको छ । शुक्रबार जुम्ला र हुम्लाबीच भएको फाइनल खेलमा जुम्लाले चार गोल गर्दै उपाधि उचालेको हो । प्रतियोगितामा जुम्लाका रुविन भण्डारीले ह्याट्रिक गरे भने जुम्लाका महेन्द्र शाहीले एक गोल गरे । निर्धातिर ९० मिनेटको खेलमा हुम्लाले कुनै पनि गोल गर्न सकेन् ।

तुलनात्मक रुपमा कमजोर मानिएको हुम्ला प्रतियोगिता अवधिभर दबाबमा रह्यो । पहिलो हाफमा एक गोल गरेको जुम्लाले दोस्रो हाफमा तीन गोल थप्यो । २०८१ मा सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम बनाउन आयोजित छनोट प्रतियोगितामा जुम्लाले सुर्खेतलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

विजेता र उपविजेता टिमलाई कर्णाली प्रदेशसभा सदस्य पूर्वसामाजिक विकासमन्त्री टेकराज पछाई, प्रदेशसभा सदस्य देवन्द्रबहादुर शाही, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतले प्रमाणपत्र, मेडल र टफ्री हस्तान्तरण गरेका छन् । जुम्लाले आगामी मंसिरमा हुने दसौं राष्ट्रिय खेलकुदमा धेरै खेलाडी छनौट हुने अपेक्षा गरेको छ ।

हृयाट्रिककर्ता भण्डारीले घरेलु मैदानमा उपाधि चुम्दा खुसी लागेको प्रतिक्रिया दिए । उनले राष्ट्रिय खेलकुदमा पनि जुम्लाबाट छनौट भएका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्ने उल्लेख गरे । प्रतियोगिता लक्षित सशस्त्र प्रहरी र नेपाल प्रहरी बाक्लो संख्यामा उपस्थित गराइएको थियो । प्रतियोगिता गत मंगलबारदेखि सुरु भएको थियो ।

Next Post

कर्णालीमा फागुन ३० गते प्रदेश सभाको बैठक आह्वान

१८ फाल्गुन २०८०, शुक्रबार १८:४९
सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठक फागुन ३० गते बस्ने भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख तिलक परियार समक्ष अधिवेशन आह्वान गरेअनुसार प्रदेश सभाको बैठक फागुन ३० गते दिउँसो ३ बजे बस्ने भएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशनको […]

सम्बन्धित समाचार

May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031