२०८३ वैशाख १४ , सोमबार

कर्णालीमा फागुन ३० गते प्रदेश सभाको बैठक आह्वान



सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठक फागुन ३० गते बस्ने भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख तिलक परियार समक्ष अधिवेशन आह्वान गरेअनुसार प्रदेश सभाको बैठक फागुन ३० गते दिउँसो ३ बजे बस्ने भएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशनको आह्वान गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । प्रदेश सभाको दोस्रो अधिवेशनको ३९ औं बैठक गत असोज २२ गते अन्त्य गरिएको थियो । करिब पाँच महिनापछि सरकारले सभाको तेस्रो बैठक आह्वान गरेको हो ।

प्रकाशित मिति : २०८० फागुन १८ गते शुक्रबार