२०८३ वैशाख १४ , सोमबार

सिम्ताको वडा नं–३ गर्‍यो सार्वजनिक सुनुवाई



सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । युरोपिएन युनियन, हेल्भीटास नेपाल, महिला स–शक्तिकरण मन्च र सुशासन प्रबद्र्धनका लागि युवा संस्थाको सहकार्यमा तेस्रो पक्षिय वित्तिय सहयोग उपपरियोजना अन्तर्गत वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडाका नागरिक समाज, समाजसेवी, बुद्धिजीवि, शिक्षक, कर्मचारी, विद्यार्थी, निजी तथा सार्वजनिक संघ संस्थाको प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा रहेको ३ का वडाअध्यक्ष लोक बहादुर शाहीले जानकारी दिए । कार्यक्रममा वडा अध्यक्ष प्रमुख जवाफदेही बक्ता र वडा सचिव, स्वास्थ्य निकाय, पशु सेवा शाखा, सुरक्षा निकाय जवाफदेही बक्ताका रुपमा थिए ।

कार्यक्रममा करिब ९० जना नागरिहरुको उपस्थितिमा रहेको थियो । सहभागिहरुले वडाले प्रदान गर्ने सेवा सुविधाहरु प्रयाप्त नभएको गुनासो गरेको थिए । साथै उनीहरुले थप सेवाको लागि पहल गर्नपर्ने बताउँदै पशूपालनको क्षेत्रमा उन्नत जातको बका तथा रांगाहरुको व्यवस्थापन गर्न आग्रह गरका थिए ।
जिज्ञासालाई मध्येनजर गर्दै कार्यक्रममा ८ बुँदे प्रतिबद्धताहरु समेत जनाइएको छ ।

वडा स्तरमा पशु सेवालाई बढाउँदै उन्नत जातका बोका रांगा ल्याउन पहल गर्ने, स्वास्थ्य संस्थामा निर्देशिका अनुसार औषधि उपलब्ध गराउने, टोल विकास संस्थालाई सक्रिय गर्दै उनीहरुको काम कर्तव्य र अधिकारबारे अभिमुखिकरण गर्ने, उपभोक्ता समिति गठन गर्दा समावेशी गराउने प्रतिवद्धता जनाइएको छ ।

यस्तै वडामा संचालित योजनाहरुको प्रभावकारी अनुगमन तथा मुल्यांकन गर्ने, वडा कार्यालयमा नागरिक वडापत्र तथा सुझाव पेटिकाको व्यवस्था गर्ने, गुणस्तरीय स्यानेटरी प्याडको व्यवस्था गर्ने र सेवालाई गुणस्तरीय बनाउन समय समयमा सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको अध्यक्ष शाहीले बताए ।

प्रकाशित मिति : २०८० फागुन १९ गते शनिबार