२०८३ वैशाख १४ , सोमबार

तोलामा २ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?



काठमाडौँ । नेपाली बजारमा आज सुन मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो।

अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आज नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ।  फागुन ३ गते नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : २०८० फागुन २० गते आइतबार