२०८३ जेठ २७ , बुधबार

पुण्य गौतम र युवराज सफल पक्राउ



काठमाडौँ । पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् । शालीन पोखरेल मृत्यु प्रकरणमा पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनीहरूलाई त्रिवि शिक्षण अस्पताल बाहिरबाट नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताए । दुवैलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २०८० फागुन २० गते आइतबार