२०८३ वैशाख १४ , सोमबार

कालीकोटमा १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइयो



कालीकोट। कालीकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । ९ महिनादेखि ५ वर्षसम्मका १७ हजार ८ सय ३५ बालबालिकालाई खोप लगाइएको हो । यही फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा १७ हजार ८ सय ३५ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।

फागुन १३ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा जिल्लाको खाँडाचक्र र तिलागुफा नगरपालिका तथा पलाता नरहरिनाथ र महावै गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १७ गतेदेखि १९ गतेसम्म जिल्लाको रास्कोट नगरपालिकाका साथै सान्नीत्रिवेणी, पचालझरना र शुभकालिका गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो ।

जिल्लाका ९ टा पालिकाका दुई सय २७ भन्दा बढी खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको महतले जानकारी दिए । खाँडाचक्र नगरपालिकाका दुई हजार दुई ८५, पलाताका दुई हजार तीन सय ८३, नरहरिनाथका दुई हजार आठ सय २७, महावैका एक हजार ९२, तिलागुफाका एक हजार आठ सय ९० जनालाई खोप दिइएको महतले बताए ।

उनका अनुसार रास्कोट नगरपालिकाका दुई हजार दुई सय ६२, सान्नीत्रिवेणीका एक हजार सात सय, पचालझरनाका एक हजार छ सय ५४ र शुभकालिकाका एक हजार पाँच सय ४३ बालबालिकालाई खोप लगाइएको छ ।

प्रकाशित मिति : २०८० फागुन २० गते आइतबार