२०८३ जेठ २७ , बुधबार

सहिद पार्कबाट लागुऔषधसहित एक जना पक्राउ



सुर्खेत । वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–४ सहिद पार्कबाट साेही ठाउँ बस्ने वर्ष ३६ का यज्ञबहादुर क्षेत्री पक्राउ परेका हुन् । उनलाई अस्थायी प्रहरी बिट सहिद पार्कबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो ।

प्रहरीले शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ज्याकेटको गोजीमा लुकाई राखेको १ पुरिया लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ समेत बरामद गरेको छ । हाल उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० फागुन २० गते आइतबार