२०८३ वैशाख १४ , सोमबार

भेरीगंगामा अवैध सालको काठसहित चार जना पक्राउ



सुर्खेत । भेरीगंगामा अवैध सालको काठ चोरी निकासी गर्ने चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीको टोलीले २५ क्यूफिट सालको अवैध काठसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका–२ बस्ने वर्ष २० का धनबहादुर थापा, वीरेन्द्रनगर–१२ बस्ने वर्ष २१ का किरण शाही, सोही ठाउँ बस्ने वर्ष २७ का शंकर बिसी र वर्ष २२ का बीरेन्द्र शाही रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मन्दिप चौहानले खबरदृष्टिलाई जानकारी दिए ।

साथै काठ तस्करीमा प्रयोग गरिएको कर्णाली प्रदेश ०२००१ च ०४५२ नम्बरको पिकअप भ्यानसमेत बरामद गरीएको छ । ‘उनीहरुलाई भेरीगंगा–२ पैसठीबाट अवैध सालको काठ चोरी निकासी गर्दै गर्दा भ्यान र काठसहित नियन्त्रणमा लिएका हौँ। ,’ निरीक्षक चौहानले भने ।

हाल उनीहरुलाई आवश्यक कानूनी कारबाहीका लागि सब डिभिजन वन कार्यालय पठाउने तयारी भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फागुन २३ गते बुधबार