
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी तेश्रो कर्णाली एक्सपोमा बिहीबार चर्चित कलाकार चक्र बम, शक्ति चन्दलगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको कर्णाली एक्सपोमा २४ गते आज चक्र बम, शक्ति चन्द, कमल बिसी गायिका अन्जु विश्वकर्मालगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
बिहीबारको कार्यक्रमको उद्घोषण रिमा विश्वकर्माले गर्नेछिन् । फागुन १४ गतेदेखि सुरु भएको महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मिति : २०८० फागुन २४ गते बिहीबार